२०७८ अशोज ६, बुधबार

   2021, Sep 22 Wednesday

१६ लाख एस्ट्राजेनेका खोप शनिबार र आइतबार काठमाडौं आइपुग्ने

२१ श्रावण २०७८, बिहीबार १०:३०


२१ साउन २०७८ काठमाण्डौं


जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको १६ लाख एस्ट्राजेनेका खोप शनिबार र आइतबार काठमाडौं आइपुग्ने भएको छ ।
१६ लाख मात्रा खोपमध्येको पहिलो खेप आगामी शनिबार र दोस्रो खेप आइतबार नेपाल आइपुग्ने भएको हो । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ट्वीट गर्दै साउन २३ र २४ गते उक्त खोप नेपाल आइपुग्ने जानकारी दिनुभएको हो । यो खोप कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकलाई लगाइने छ । सरकारले अक्सफोर्ड अस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोप साढे १३ लाख जेष्ठ नागरिकलाई गत चैतमा नै लगाइसकेको छ । दोस्रो मात्रा १२ सातामा लगाउनुपर्ने भएपनि भारतले १० लाख डोज उपलब्ध गराउन नसक्दा पहिलो मात्रा लगाएकाले अहिलेसम्म पनि दोस्रो डोज लगाउन पाएका छैनन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV