२०७८ कार्तिक १०, बुधबार

   2021, Oct 27 Wednesday

१४ सांसदमाथिको कारवाहीको माग गर्नुको कुनै अर्थ नरहेको नेपालको भनाई

२३ भाद्र २०७८, बुधबार २०:१७

भाद्र २३, काठमाण्डौं


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफना १४ सांसदमाथिको कारवाहीको माग गर्नुको कुनै अर्थ नरहेको बताउनुभएको छ ।
संसद भवन नयाँ बानेश्वरमा संचारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले सर्वोच्चले नै कुनै ह्वीप नलाग्ने निर्णय गरेको अवस्थामा एमालेले गरेको कारवाही मागको कुनै अर्थ नरहेको बताउनुभयो । बुधबार कारवाही सिफारिस गरिएका आफ्ना १४ सांसदलाई सभामुखले निष्काशन नगरेको र पार्टीले कारवाही गरेको व्यक्ति संसदमा उपस्थीत भएको भन्दै सदन अवरुद्ध रहेको थियो । अध्यक्ष नेपालले एमालेले संविधान र कानून मिचेको बताउनुभयो ।
त्यस्तै एकीकृत समाजवादीका नेतृ रामकुमारी झाँक्रीले एमाले संसदमा स्तरहिन चरित्र देखाएको टिप्प्णी गर्नुभयो ।
यता एमाले सांसद खगराज अधिकारीले कानुन नियम, लोकतान्त्रीक व्यवस्था बिपरित सभामुखले काम गरेकाले सदन अवरुद्ध गरेको र माग पुरा नभएसम्म सदन चल्न नसक्ने बताउनुभयो ।
त्यस्तै माओवादी सांसद बर्षमान पुन अनन्तले एमालेले संंसदीय मर्यादा बिपरित सदन अवरुद्ध गरेको बताउनुभयो । उहाले आचरणसंग सम्बन्धीत बाहेक अन्य बिषयमा सभामुखको बिषयमा प्रश्न उठाउन नपाईने व्यस्था हुँदा एमालेले त्यसलाई स्वीकार गर्न नसकेको बताउनुभयो ।
उहाले सदनमा भएको बेठिक घटनालाई सच्चाउनुपर्ने धारणा राख्नुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV