२०७७ मंसिर १३, शनिबार

   2020, Nov 28 Saturday

हिमालयन तेक्वान्दो एकेडेमीका विद्यार्थीहरुले हात पारे १४ स्वर्णपदक

प्रकाशित मिति: २६ कार्तिक २०७६, मंगलवार १४:१४


क्यानडामा आयोजित तेक्वान्दो च्याम्पियनसिप २०१९ मा हिमालयन तेक्वान्दो एकेडेमीका विद्यार्थीहरुले १४ स्वर्णपदक हात पारेका हून् । एकेडेमीका तर्फबाट प्रसुन शर्मा, प्रसिद्धि कंडेल र गिब्सन ढकालले २र२ स्वर्ण पदक हात पारे । जोनिस चौधरी, आर्यन भट्टराई, प्रद्योतन निरौला, अनुप घिमिरे, आरुष उप्रेती, प्रसुभ अधिकारी, रिकेश पुरी, सुभम अधिकारी र स्पन्दन गौतमले १र१ स्वर्ण जिते । गणेश बोहरा, जेम्स चौधरी र विवेक तिम्सिनाले २ र २ रजत पदक जितेका छन् भने अवि सिंह, अरिक पौडेल, आरम्भ खरेल, रिकेस पुरी, आदित्य अधिकारी, आयुस ओझा, जेनिसा चापागाईं र विवश लामिछाने एक र एक रजत दिलाए । यस्तै, शशांक भण्डारी, रियाज अर्याल, अनुप रसाइली र प्रवेश पौडेलले २ र २ काँस्य पदक जितेका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV