हस्ताक्षर फिर्ता नलिने नेता नेपालको अडान नेपालपक्ष को अडान
२८ जेष्ठ २०७८, शुक्रबार १४:१०
जेठ २८ २०७८, शुत्रबार काठमाण्डौं
सर्वोच्च अदालतमा प्रतिनीधि सभा विघटन विरुध्द दर्ता रिटमा रहेको आफुपक्षीय सांसदहरुको हस्ताक्षर फिर्ता नलिने माधव नेपालले प्रतिबध्दता जनाउनु भएको छ ।
एमाले बिद्रोही पक्षका नेता माधवकुमार नेपालले संसद विघटनविरुद्ध र वैकल्पिक सरकारका पक्षमा सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदनको हस्ताक्षर कुनै पनि हालतमा फिर्ता नलिने प्रतिबध्दता प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको गठबन्धन पक्षसक्षम जनाउनु भएको छ ।
पार्टी एकताको आधार भन्दै एमाले अध्यक्ष तथा प्रधानमन्त्री आफु विरुध्द सर्वोच्च अदालतमा गरिएको हस्ताक्षर फिर्ताको शर्त राखेको सन्दर्भमा नेपालले विपक्षी गठबन्धनसमक्ष आफ्नो पक्षले हस्ताक्षर फिर्ता नलिने प्रतिवद्धता दोहोयाएका हुन् । बिहीबार विपक्षी नेपाली काँग्रेससभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको देउवासहित, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको बैठकमा नेपालले आफूले संविधान र लोकतन्त्रको रक्षाका निम्ति गरेको सहकार्य नटुटाउनेमा उनीहरुलाई आश्वस्तसमेत पारेका थिए।
आफुहरु संविधान र लोकतन्त्रका पक्षमा एक भएक बताउँदै नेता नेपालले, ओलीले जतिसुकै दबाब दिएपनि सर्वोच्च अदालतको हस्ताक्षर फिर्ता नलिने अडान दोहा¥याएका थिए ।