२०७८ साउन २१, बिहिबार

   2021, Aug 5 Thursday

हस्ताक्षर फिर्ता नलिए कारवाही गर्ने एमालेका अध्यक्ष केपी शर्मा ओलीको चेतावनी

प्रकाशित मिति: १९ असार २०७८, शनिबार २०:१४

१९ असार २०७८, काठमाण्डौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला आउने बेलासम्म अदालतबाट हस्ताक्षर फिर्ता नलिए कारवाही गर्ने चेतावनी दिनुभएको छ ।
शनिबार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर सर्वोच्चको फैसलासम्म कायम राखे कारवाही गर्ने चेतावनी दिनुभएको हो । उहाले एमालेको बिपक्षमा नै रहेर हस्ताक्षर गर्नेहरु पार्टीका कार्यकर्ता नभएको जिकिर गर्नुभयो । ओलीले पार्टीका नेता माधव नेपाल पक्षलाई सहमतिमा ल्याउन हरसम्भव प्रयास गरेपनि सार्थन हुन नसकेको बताउनुभयो । आफूहरूलाई अल्मल्याउनका लागि नेपाल पक्षले वार्ता भनेर दुई जनालाई लगाएको पनि ओलीले बताउनुभयो । त्यस्तै उहाले पार्टीलाई कमजोर बनाउन र जनतामा निरासा छर्ने काम भएको गुनासो गर्नुभयो । उहाले सरकारबिरुद्ध बनाइएको मोर्चा असभ्य तवरको रहेको जिकिर गर्नुभयो ।
यसअघि शनिबार ओलीले नेता नेपाललाई टेलिफोन गरि हस्ताक्षर फिर्ता लिन आग्रह गर्नुभएको थियो । जवाफमा नेपालले ओलीलाई केन्द्रीय कमिटीको बैठक रोक्न आग्रह गर्नुभएको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV