स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले गरे पदभार ग्रहण
२२ जेष्ठ २०७८, शनिबार ११:०७

जेठ २२ २०७८, शनिबार
नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले पदभार ग्रहण गर्नुभएको छ ।
शुक्रबार राती मन्त्रालय पुगेर मन्त्री तामाङले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै मन्त्री तामाङले अहिले कोरोना नियन्त्रण र रोकथामका साथै कोरोनाबाट नागरिकको ज्यान जोगाउने काम पहिलो प्राथमिकता हुने धारणा राख्नुभयो ।
तामाङ २०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित हुनुहुन्छ । यसअघि उहा कानून मन्त्री समेत बन्नुभएको थियो ।

Share on Social Media