२०८१ मंसिर २०, बिहिबार

   2024, Dec 5 Thursday

स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले बार एसोसिएसनलाई बुझायो ज्ञापन पत्र

२३ कार्तिक २०७८, मंगलवार १७:४४

२३ कात्तिक, काठमाडौं ।


अदालतमा नियमित सुनुवाई र बहस नहुदा सर्वसाधारणहरु समस्यामा परेको भन्दै स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले नेपाल बार एसोसिएसनमा ज्ञापन पत्र बुझाएको छ ।
न्यायाधीशहरुलाई इजलास बहिष्कार गर्ने अधिकार नभएको र इजलास बहिष्कार गर्दा सर्वसाधारणहरु समस्यामा परेको भन्दै अभियानले नियमित इजलास चलाउने वातावरण बनाउन बार अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउदै अधिवक्ता स्वागत नेपालले बारका आन्दोलनका कारण थुनुवा र वन्दीका मुद्धाहरु प्रभावित भएको बताउनुभयो । उहाले प्रधानन्याधिशले गरेका गल्तीको सजाय हुनुपर्ने , न्यायधिशलाई न्यायलयमा प्रवेशमा रोक लगाउने जस्ता आन्दोलनका कार्यक्रम फिर्ता लिनुपर्ने धारणा राख्नुभयो । तीन दिनभित्र आफुहरुको माग पुरा नभए गलत कार्यको नेतृत्व गरेका व्यक्तिलाई बारमा नै प्रवेश रोक लगाउने उहाले बताउनुभयो ।
ज्ञापन पत्र बुझ्दै बार अध्यक्ष श्रेष्ठले न्यायपालीकालाई सुद्धिकरण गर्नका लागि आफुहरुको आन्दोलन भएको बताउनुभयो । उहाले न्यायपालीकाको सुधारका लागि प्रधानन्याधिश बाधक भएकाले राजीनामा माग गरिएको जानकारी दिनुभयो ।
प्रधानन्यायधिशनको राजीनामा माग गर्दै बारले आन्दोलन गरिरहेको छ भने स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले सेतोपट्टी बाधेर बारको आन्दोलनको बिरोध गरिरहेका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV