२०७८ अशोज ७, बिहिबार

   2021, Sep 23 Thursday

स्कटल्याण्ड र नामिबियासम्मिलित त्रिकोणात्मक एकदिवशीय शृंखलाका लागि नेपाली टोलीलाई बन्द प्रशिक्षणमा राखिने

५ असार २०७८, शनिबार ०८:३६

५ असार २०७८, शनिबार

नेपाल क्रिकेट संघले आईसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासम्मिलित त्रिकोणात्मक एकदिवशीय शृंखलाका लागि नेपाली टोलीलाई बन्द प्रशिक्षणमा राखिने तयारी गरेको छ ।
संघले उक्त प्रतियोगिता तयारीका लागि २० जना खेलाडी ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, करन केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमल सिंह ऐरी, अविनाश बोहरा, सन्दिप जोरा, साहब आलम, सुसन भारी, शरद भेषावकर, विक्रम सोब, पवन सर्राफ र पृथु बास्कोटालाई बन्द शीविरमा सहभागी हुन बोलाएको छ । बन्द शीवीरमा रहेका यि नै २० जना खेलाडीबाट नामिबिया र स्कटल्याण्डसँग हुने त्रिकोणात्मक एक दीवसीय श्रृंखलाका लागि राष्ट्रिय टोलीको घोषणा हुनेछ । नेपालले प्रतियोगितामा ४ खेलबाट ४ अंक जोडेर सात टोली सहभागीमध्ये छैटौँ स्थानमा छ । प्रतियोगितामा एउटा टोलीले ९ वटा त्रिकोणात्मक शृंखला खेल्नुपर्नेमा नेपालले हालसम्म एउटा मात्र खेलेको छ । आसन्न शृंखला स्पेनमा हुने तयारी छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV