२०७८ कार्तिक १०, बुधबार

   2021, Oct 27 Wednesday

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गर्न सफल

२५ जेष्ठ २०७८, मंगलवार १५:४६

जेठ २४ २०७८, मंगलबार

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाउनुभएको छ ।
मुख्यमन्त्री पदमा निरन्तरताका लागि मंगलबार प्रदेशसभामा भएको मतदानमा उहाले विश्वासको मत प्राप्त गर्न सफल हुनुभएको हो । मतदानमा ५१ जना प्रदेश सांसद सहभागी भएका थिए । मुख्यमन्त्रीको पक्षमा ३० जनाले मतदान गरे भने उहाको विपक्षमा ९ मतमात्र प¥यो । नेकपा एमालेको माधव नेपाल पक्षधर १७ जना र माओवादी केन्द्रका १३ सांसदले पक्षमा मतदान गरेका हुन् । विपक्षमा मत दिनेमा जसपाका २ र एमालेका ७ सांसद छन् । मतदानमा कांग्रेसका १२ जना सांसद भने मतदानमा तथष्ट बसेको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिनुभयो । सभामुख थापाले विश्वासको मतको पक्षमा परेको मत बहुमत भएकाले मुख्यमन्त्री भट्टको सरकारले बिश्वासको मत प्राप्त गरेको घोषणा गर्नुभयो ।
माओवादी केन्द्रका १३ सांसद रहेकामा एमाले संसदीय दलले समेत समर्थन गर्ने निर्णय गरेपछि भट्टको मुख्यमन्त्री पद जोगिएको हो । प्रदेशसभामा सभामुखबाहेक एमालेका २४ जना सदस्य छन् । मतदान अघि प्रदेशसभामा उठेको प्रश्नको जवाफ दिदै मुख्यमन्त्री भट्टले मुख्य चुनौति अहिलेको व्यवस्थालाई कसरी बचाउने र संविधानले दिएको अधिकारलाई प्रयोग गर्दै समग्र विकासको कार्य अघि बढाउने रहेको बताउनुभएको थियो ।
जनताले काम गर्नका लागि पाँच बर्षको समय दिएको र उक्त समयलाई अधिकतम जनताको काममा खर्चिने उहाले बताउनुभएको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV