२०७७ कार्तिक ५, बुधबार

   2020, Oct 21 Wednesday

सिन्धुपाल्चोक का पहिरोको विपत्ति ३ जनाको मृत्यू २८ जना बेपत्ता

प्रकाशित मिति: २८ भाद्र २०७७, आईतवार ११:१५

काठमाण्डौ । २८ भाद्र ,सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का घुम्थाङको नागपुजे र भिरखर्कमा गएको पहिरोमा ३ जनाको शव फेला परेको छ । गएराति परेको अविरल वर्षाका कारण गएको पहिरोमा परि २८ जना बेपत्ता रहेका छन् ।
डिएसपी प्रकाश सापकोटाका अनुसार पहिरो गएको स्थानमा खोजी गर्दा नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया जुनुमाया विक र नेवार टोलकी ६० वर्षीया सर्किनी नेवारको शव फेला परेको हो ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् । त्यस्तै, सोही क्षेत्रबाट निर्वाचित भएका सभामुख अग्निप्रसाद सापकोटा पनि स्थलमार्गबाट उद्दारका लागि पहिरोग्रस्त क्षेत्र पुगेका छन् ।
उता, जनप्रतिनिधि, जिल्ला तहका नेता तथा सामाजिक
अभियन्ताहरु उद्दारका लागि खटिइरहेका छन् .

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV