२०७८ बैशाख ३१, शुक्रबार

   2021, May 14 Friday

सिन्धुपाल्चोकमा ए सि र ब्यबहारिक शिक्षा सहितको सरकारी बिध्यालय

प्रकाशित मिति: १३ बैशाख २०७८, सोमबार १४:४२

रामचन्द्र बस्नेत
सिन्धुपाल्चोक ,

सामान्य रुपमा हामिले सरकारी बिध्यालयलाइ कुन नजरले हेर्ने गर्छौँ ? कमजोर शिक्षा प्रणालि वा जिर्ण पुर्वाधार ?
तर , आज हामि यहाँहरुलाइ देखाउन गइरहेको बिध्यालय शैक्षिक गुणस्थरमा त अव्वल छदै छ यहाँको भौतिक संरचना र बिध्यालय ब्यवस्थापन समितिले देशका कर्णधारका रुपमा चिनिने बिध्यार्थिलाइ भनेर बनाउन लागेको र बनाइसकेको दुवै योजनाहरुलाइ हेर्ने हो भने हरकोहि चकित नै बन्ने गर्दछन् ।
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशि गाउपालिका वडा नं ५ मा स्थित त्याङ्गथलि वा अरनिको बस्ति भनेर चिनिने स्थानमा रहेको भिमसेन माध्यामिक बिध्यालयमा पुग्दा सरकारी बिध्यालयको बारेमा रहेको हाम्रो कल्पना नै पुर्ण रुपमा परिर्वतन भयो ।
भुकम्प प्रतिरोधात्मक भवनहरुको बिचमा रहेको आर्कषक बालमैत्रि पार्क अनि ब्यबस्थित रुपमा रहेको शिक्षा प्रणालि देख्दा कुनै भव्य निजी बिध्यालय भन्दा कम देखिन्न । खासगरी हिमालि क्षेत्रबाट नजिक पर्ने र जाडोको मौसममा १२ बजे भन्दा पहिला सो स्थानमा घाम नलाग्ने र गर्मि महिनामा अत्याधिक गर्मि हुने भएपछि स साना बिध्यार्थिहरुलाइ कुनै किसिमको कठिनाइ नहोस् भनेर (ए सि) समेत जडान गरिएको छ ।
अझ , बिध्यार्थिहरुलाइ बिश्व बजारमा आफ्नो प्रतिभा देखाउन र सो लायक बनाउनका लागि बिध्यालयमा आधारभुत तहबाट नै कम्प्युटर शिक्षा सुरु भइरहेको र आगामि दिनमा कम्प्युटर इन्जिनियरिङ्ग कक्षा समेत संचालको लागि तयारीमा रहेको बिध्यालयका प्रधानाध्यापक दिल बहादुर कार्कि ले बताउनु भयो ।

समाजमा सरकारी बिध्यालय प्रतिको चासो र प्रतिफल घटिरहेको बेलामा एक उदारणिय बिध्यालय बनाउनमा आफु लगाएत सम्पुर्ण टिम र समाज नै लागि परेको साथै टाढा बाट सो स्थानमा अध्ययन गर्न आउने गरिव तथा जेहेनदार बिध्यार्थिहरुलाइ छात्रावासको समेत ब्यवस्था गरिएको बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष कुमार राउतले बताउनुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV