२०७८ बैशाख ३१, शुक्रबार

   2021, May 14 Friday

सिन्धुपाल्चोकको साँगचोकगढी नगरपालिकामा बस दुर्घटनाले २ जना घाइते र १ जनाको मृत्यु भएको छ

प्रकाशित मिति: ३० चैत्र २०७७, सोमबार १४:४९

सिर्जना सिलवाल

नेपालमा दिन प्रति दिन दुर्घटना भइरहेको समयमा सिन्धुपाल्चोकको साँगचोकगढी नगरपालिकामा बस दुर्घटनाले २ जना घाइते र १ जनाको मृत्यु भएको छ । काठमाण्डौँबाट दोलखा जादैँ गरेको बा ३ख ९६५८ नम्बरको बसले ६९८७ नं को बाइकलाई ठक्कर दिएको जानकारी गराएको छ । उक्त दुर्घटनामा त्रिपुरासुन्दरी गाउँपालिकाको नारायण क्षेष्ठको मृत्यु भएको जिल्ला ट्रफिक प्रहरी राजेशकुमार दाहालले जानकारी गराएका छन् ।भने घाइते सोमबहादुर क्षेष्ठलाई हेम्स अस्पताल लगेको टा«फिक सई दाहालले जानकारी गराएका छन् । बस चालकलाई कडा कारबाहीको माग गर्दै मृतकका आफन्तहरुले खाडिचौरको अमलटार अरनिको लोकमार्ग अवरोध गरेका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV