२०७८ अशोज ६, बुधबार

   2021, Sep 22 Wednesday

सामुदायिक विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्न सरकार गम्भीर छ: प्रधानमन्त्री

३० भाद्र २०७८, बुधबार १८:२७

३० भाद्र, काठमाण्डौं


प्रधानमन्त्री शेरबहादुर देउवाले सामुदायिक विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ ।
बुधबार ललितपुरमा नमूना मच्छिन्द्र मावि भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सामुदायिक विद्यालय शिक्षाको गुणस्तर वृद्धि गर्न सरकार गम्भीर रहेको र विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभएको हो । बिद्यालय शिक्षा स्थानीय पालिकाको मुख्य जिम्मेवारी रहेतापनि संघीय सरकारले स्रोत साधान र कार्यक्रम सहित बिद्यालय शिक्षाको बिकासमा सहयोग गरिरहेको उहाले बताउनुभयो ।
उहाले सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा अभियानमा लाग्न आग्रह पनि गर्नुभयो । उहाले भूकम्पपछि क्षतिग्रस्त भएका अधिकांश बिद्यालय पूननिर्माण भइसकेको भन्दै बाँकी बिद्यालय पनि छिटै पूननिर्माण हुने बताउनुभयो । विद्यालयहरुको भौतिक सुधारपश्चात् गुणस्तरीय शिक्षातर्फ सबैको ध्यान जानुपर्ने उहाको भनाई छ ।
त्यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणका क्रममा जनताले प्रत्यक्ष रुपमा विभिन्न लाभ प्राप्त गरेको भन्दै पुनर्निर्माणका क्रममा स्थानीय मौलिक प्रविधिको विकास र प्रयोगसमेत भएको जानकारी गराउनुभयो ।
जापानको ऋण सहयोगमा रु १२ करोड तीन लाखको लागतमा सो विद्यालय निर्माण गरेको हो । प्राधिकरणअन्तर्गत भूकम्पबाट क्षति पुगेका ३२ जिल्लाका सात हजार ५५३ विद्यालयमध्ये हालसम्म ६ हजार ६४४ विद्यालयको पुनर्निर्माण भइसकेका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV