२०७८ बैशाख ३१, शुक्रबार

   2021, May 14 Friday

सामाजिक सञ्जालमा बाहीरीएको अडीयोमा प्रवक्ता श्रेष्ठ को स्पोस्टोक्ति

प्रकाशित मिति: २६ मंसिर २०७७, शुक्रबार १२:३४


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ लाइ बिवादमा तानिएको छ ,नेकपा को आन्तरीक बिवाद चुलीदै गर्दा नेकपा केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनसँगै श्रेष्ठ र लामाबीचको लेनदेनको विवाद बाहिरिएको हो ।

शुक्रबारको नयाँ पत्रिकाले लामाको निधनसँगै एउटा विवादित लेनदेनमा नेकपा प्रवक्ता श्रेष्ठको नाम मुछिएको उल्लेख गरेको छ । पूर्वसांसद एवं पूर्वराजदूत कमानसिंह लामाको निधन भएलगत्तै प्रवक्ता श्रेष्ठ संवादमा सहभागी भिडियो तथा अडियो क्लिप सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

भिडियो तथा अडियो क्लिपमा दुई करोड रुपैयाँ लेनदेनको विषय छ । तर, श्रेष्ठ र लामाबीचको कुराकानीमा श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्य र लामाकी पत्नी इन्द्रमायाको नाम अगाडि आएको छ । श्रेष्ठले दुवै (लामापत्नी र कर्माचार्य)लाई परिवारकै सदस्यजस्तै भएकाले मिल्न सुझाब दिएका छन् । यसै बिषयमा श्रेष्ठले भने यो सामान्य बिवाद मिलाउन मध्यस्थता खेलेको कुराले कुनै संचार माध्याममा आएजस्तो नभएको जानकारी दीदै प्रवक्ता श्रेष्ठले आफूले विवाद मिलाउन खोजेको र अहिले चरित्र हत्या गर्ने गरी प्रचार भएको बताए ।‘कमानसिंह र म लामो समयदेखिको सहयोद्धा हौँ, एउटा हाइड्रोको सेयरको विवादमा उहाँकै अनुरोधमा मैले मध्यस्थता गर्न खोजेको हुँ । बाहिर आएको अडियो मैले पनि सुनेँ, त्यसमा केही अपात्तिजनक छ भन्ने मलाई लाग्दैन । म गलत छु भन्ने लाग्छ भने जोसुकैले जुनसुकै स्तरको अनुसन्धान गरे पनि हुन्छ । मेरो चरित्रहत्या गर्न खोज्नेलाई यति भन्नुछ, कहीँनिर थोरै पनि दोषी देखिए म दण्ड भोग्न तयार छु । कमानसिंहको मृत्युमा सबैभन्दा दुःखी हुनेमध्ये म पनि एकजना हुँ,’ उनले नयाँ भने ।प्रवक्ता श्रेष्ठले लामाको निधनको दुःखद खबरबाट आफू मर्माहत भएको उल्लेख गरेका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV