२०८१ माघ १, मङ्लबार

   2025, Jan 14 Tuesday

साइबरस्पेश निर्माणका लागि कानुनी व्यवस्था गर्न सरकारसँग विभिन्न संस्थाको माग

४ असार २०७८, शुक्रबार २२:१७

४ असार २०७८ शुत्रबार

एक वर्ष भित्रै सुरक्षित एवम् लचिलो साइबरस्पेश निर्माणका लागि कानुनी व्यवस्था गर्न सरकारसँग विभिन्न संस्थाले माग गरेका छन् । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ), सेण्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेशन र इन्फरमेशन सेक्युरिटी रेस्पोन्स टिम नेपालले यसका लागि छ महिनाभित्र संस्थागत र संगठनात्मक पूर्वाधार स्थापना गर्न संयुक्तरुपमा सरकारलाई सुझाव दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जेठ १४ गते सार्वजनिक गरेको राष्ट्रिय साइबर सुरक्षा नीति, २०७८ को मस्यौदामा आफ्नो राय दिंदै ३ वटा सस्थाहरुले साइबर सुरक्षाजस्तो संवेदनशील विषयमा जतिसक्दो चाँडो कानुन र संस्थागत संरचना निर्माण गर्न आग्रह गरेको हो । नीतिको मस्यौदामा सुरक्षित साइबरस्पेस निर्माणका लागि तीन वर्ष र त्यसका लागि संस्थागत तथा संगठनात्मक पूर्वाधार निर्माणका लागि पाँच वर्षको समय प्रस्ताव गरिएको छ । त्यसै गरी नीति कार्यान्वयनका लागि १ वर्ष प्रस्ताव गरिएकोमा त्यसलाई ३ महिनामा झार्न सुझाव दिइएको छ । इथिकल ह्याकरहरुलाई प्रोत्साहन गर्ने र सुरक्षा व्यवस्थापन, घटना सम्बोधन, जोखिमको पहिचान तथा कमजोरीको समीक्षाका लागि एउटा कार्यसमूह गठन गर्न पनि सरकारसँग आग्रह गरिएको क्यान महासंघले जनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV