२०८१ चैत्र १४, शुक्रबार

   2025, Mar 28 Friday

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल आजदेखि सुरु

३ मंसिर २०७८, शुक्रबार ११:४६


३ मंसिर २०७८, शुक्रवार, काठमाडौं

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
सातदोबाटो र फ्रेन्ड्सबीचको खेल दिउँसो पौने ५ बजे सुरु हुनेछ । आज सातदोबाटो र फ्रेन्ड्स दुबै टिम जित निकाल्दै लिगमा सुखद सुरुआत गर्ने योजनामा छन् । सातदोबाटोले पहिलो पटक शीर्ष डिभिजनको लिग खेल्न लागेको हो । ’बी’ लिगको उपाधि जित्दै सातदोबाटो यसै वर्ष शीर्ष लिगमा बढुवा भएको हो । कुल ९१ खेल हुने लिगमा ’ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् । यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ’बी’ डिभिजनमा झर्ने छन् । अघिल्लो सिजनको उपाधि मछिन्द्र क्लबले जितेको थियो । यस पटकको लिग विजेताले ७५ लाख पाउने छन् । यस्तै उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रो हुनेले २५ लाख पाउने छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV