२०७८ अशोज ७, बिहिबार

   2021, Sep 23 Thursday

सवोच्चको आदेश शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको एमालेको निष्कर्ष

२८ असार २०७८, सोमबार १९:४६

२८ असार २०७८, काठमाण्डौं

नेकपा एमालेले सवोच्चको आदेश लोकतन्त्रको मूल्य मान्यता र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले अदालतबाटै प्रधानमन्त्री चयन गर्ने काम आदेश लोकतन्त्रको मूल्य मान्यता र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको निष्कर्ष निकालेको हो । बैठकले अदालतको आदेश अनेपेक्षित र त्रुटिपूर्ण भए पनि फैसला कार्यान्वयन गर्ने जनाएको छ । त्यस्तै बैठकले सर्वोच्चको आदेशले शक्ति सन्तुलनको पिल्लरलाई हल्लाइदिने काम गरेको निष्कर्ष निकालिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाले जुन दिशातिर राजनीति र प्रणालीलाई लैजान खोजिएको छ, त्यसमा एकदमै चिन्तित भएका बताउनुभयो ।
उहाले पछिल्लो अवस्थाका कारण एमाले चिन्तित भएको बताउनुभयो । एमाले स्थायी कमिटी मंगलरबार पनि बस्ने उहाले जानकारी दिनुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV