२०८१ माघ २८, सोमवार

   2025, Feb 10 Monday

सर्वोच्च अदालतका १८ जना न्यायाधीश आजदेखि काममा फर्कने

३ मंसिर २०७८, शुक्रबार ११:२४


३ मंसिर २०७८, शुक्रवार, काठमाडौं


प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग असन्तुष्ट सर्वोच्च अदालतका १८ जना न्यायाधीश आजदेखि काममा फर्कने भएका छन्।
पेसी व्यवस्थापन गोलाप्रथाबाट गर्न सर्वोच्च अदालत नियमावली र गोलाप्रथाबाट पेसी व्यवस्थापनसम्बन्धी निर्देशिकामा संशोधन गर्ने निर्णयसँगै असन्तुष्ट न्यायाधीशहरु आजदेखि काममा फर्कने भएका हुन्। हालसम्म सर्वो प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग असन्तुष्ट सर्वोच्च अदालतका १८ जना न्यायाधीश आजदेखि काममा फर्कने भएका छन्।
पेसी व्यवस्थापन गोलाप्रथाबाट गर्न सर्वोच्च अदालत नियमावली र गोलाप्रथाबाट पेसी व्यवस्थापनसम्बन्धी निर्देशिकामा संशोधन गर्ने निर्णयसँगै च्चमा प्रधानन्यायाधीशले पेसी तोक्दै आउनु भएको छ। गोलाप्रथाबाट पेसी तोकिए न्यायिक इतिहासमा पहिलोपटक यस्तो व्यवस्था हुनेछ। न्यायाधीशहरुले गरेको निर्णय आज मुख्य रजिस्टारमार्फत प्रधानन्यायाधीश जबरासमक्ष पठाइने छ। जबरा र मुख्य रजिस्टारले प्रमाणीकरण गरेमा उक्त निर्णय अनुसारको नियमावली संशोधनको व्यवस्था राजपत्रमा प्रकाशनका लागि कानुन मन्त्रालय पठाइने छ। झन्डै एक महिनादेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै बेन्च बहिष्कार गर्दै आएका न्यायाधीश सम्मिलित बैठकले नियमावली संशोधन गर्दै गोला प्रथाबाट पेसी तोक्ने व्यवस्था गर्ने सहमति गरेका हुन् । नेपाल बार एशोसिएसनले भने गोलाप्रथा व्यवस्था आफूहरुको माग भएपनि प्रधानन्यायाधीशले गोला छान्न नपाउने अडान लिएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV