२०८१ कार्तिक २९, बिहिबार

   2024, Nov 14 Thursday

सरकारले गठन गरेको जाँचबुझ समितिद्वारा धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई कारवाहीको सिफारिस

६ आश्विन २०७८, बुधबार १०:२२


६ असोज, काठमाडौँ,


सरकारले गठन गरेको जाँचबुझ समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई कारवाहीको सिफारिस गरेको छ ।
शेयर निश्कासन नगरेको कम्पनीको शेयर पदीय आचरण विपरीत छोरी रेविका ढुंगानाको नाममा खरीद गरेको आरोप लागेपछि सरकारले उनीमाथि छानबिन गर्न उच्च अदालतका न्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा भदौ १६ गते तीन सदस्यीय समिति गठन गरेको थियो । समितिले मंगलबार अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएको प्रतिवेदनमा बोर्ड अध्यक्ष भएकै बेला छोरीको नाममा १० हजार कित्ता शेयर खरिद गरेको पाइएको र उक्त कार्य पदीय आचारणविरुद्ध भएको उल्लेख गरिएको छ ।
बिवाहित छोरी भएपनि आफैंले रकम तिरेर शेयर किनेको पाइएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । ढुंगानाले कानूनविपरीत बुक बिल्डिङका क्रममा रहेको सर्वोत्तम सिमेन्टको शेयर आफन्तको नाममा खरीद गरिदिएर विवादमा तानिएपछि सरकारले न्यायाधीश डुम्रेको अध्यक्षतामा विज्ञ नारायणप्रसाद पौडेल र सहसचिव अर्जुनकुमार खड्का रहेको तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको थियो । पदीय आचरणविरुद्ध शेयर किनबेच गरेको पाइएको भन्दै दोषीलाई कारबाही गर्ने जिम्मेवारी सरकारको काँधमा आएको समितीको प्रतिवेदनमा उल्लेख छ । अर्थमन्त्री शर्माले प्रतिवेदन बुझे पनि सार्वजनिक भने गरिएको छैन । प्रतिवेदनका विषयमा अर्थमन्त्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आवश्यक निर्णय लिने बताएका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV