२०८१ मंसिर १९, बुधबार

   2024, Dec 4 Wednesday

समाजमा रहेका कुरिती अन्त्यका लागि ५ बर्षे रणनीतिक कार्ययोजना अघि बढाउने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरी को भनाई

२३ जेष्ठ २०७८, आईतवार १६:५५

२३ जेष्ठ २०७८, आइतबार

नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले समाजमा रहेका कुरिती अन्त्यका लागि ५ बर्षे रणनीतिक कार्ययोजनालाई अघि बढाउने बताउनुभएको छ ।
आइतबार सिंहदरबारमा पदभार ग्रहणका क्रममा मन्त्री चौधरीले ५ बर्षे रणनीतिक कार्ययोजनासम्बन्धी फाइल सदर गर्दै प्रदेश र स्थानीयका साथै संघीय सरकारको संयुक्त पहलमा समाजमा रहेका कुरिती अन्त्य गरिने बताउनुभएको हो । मन्त्री चौधरीले अझै पनि समाजमा बालविवाह, दाइजो जस्ता कुरिती रहेको र सवै मिलेर यस्ता कुरितीलाई अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाले सामाजिक सुरक्षा योजना मुलुकका सवै क्षेत्रमा समान रुपमा पुग्न नसकेको भन्दै यस बिषयलाई छिटो भन्दा छिटो समाधान गर्ने दावी गर्नुभयो ।
मन्त्रालयमा धेरै कार्ययोजनाहरु कार्यान्वयन नै नहुने अवस्थालाई अन्त्य गर्नका लागि प्राथमिकताका आधारमा योजनालाई अघि बढाइने उहाले जानकारी दिनुभयो ।
त्यस्तै आइतबार नै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री रेणुका गुरुङले पनि पदभार ग्रहण गर्नुभएको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV