२०७८ साउन २१, बिहिबार

   2021, Aug 5 Thursday

सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकको औचित्यमाथी नै सवाल खडा

प्रकाशित मिति: २९ जेष्ठ २०७८, शनिबार १६:४१

२९ जेष्ठ २०७८, शनिबार


दोश्रो पटक प्रतिनीधि सभा विघटनमा परेको छ । पहिलो विघटनलाई अदालतले खारेज गरेर प्रतिनीधि सभा ब्युँताई दिएपछि पुनस्र्थापित संसदको गरिमा र दायित्व संरक्षणमा लाग्नु पर्ने सभामुख अग्नीप्रसाद सापकोटा, आफ्नो दायित्व पुरा गर्न चुकेकै परिणाम दोश्रो पटक पुनः प्रतिनिधी सभाले विघटन ब्यहोर्नु प¥यो । र अहिले यो विवाद संवैधानिक अदालतका अधिनमा छ । यस्तोमा शुक्रबार सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकको औचित्यमाथी नै सवाल खडा भएको छ । प्रतिनिधि सभाका सभामुख अग्नीप्रसाद सापकोटाले शुक्रबार अपरान्ह संसद भवनमा वर्तमान र पुर्व प्रधानमन्त्री र राजनैतिक दलका शीर्ष नेता समेतको सर्वदलीय बैठक बोलाए । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली बाहेकका सबै शीर्षहरुको उपस्थिती रहेको थियो । सभामुखले नेताहरुलाई पठाएको निम्तो कार्डमा उद्देश्य भने खुलाईएको थिएन । सभामुखले पठाएको निम्तोको एजेण्डा‘समसामायिक विषय’ रहेकै कारण बैठकको उद्देश्य भीड जम्मा गरेर चियागफ छाँट्ने भन्दा अर्को देखिएन । प्रतिनीधि सभा बितेका चार महिनाका विचमा दुई पटक बिघटन भएको छ । अघिल्लो विघटनको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरेर पुनःस्थापना गरेको थियो । संसद पुनस्र्थापनापछि पनि पुनः विघटनमा जाने सम्भावना त्यतिकै थिए । तर यस्तोमा संसद् र त्यसका मुखिया सभामुख सापकोटाबाट आवश्यक सक्रियता र सतर्कता प्रदर्शन हुँदै भएन । यसको लाभ फेरी प्रधानमन्त्री केपी शर्मा ओलीले लिए र दोस्रोपटक प्रतिनिधि सभा विघटन गरे । अदालतको जोडबलबाट पुनःस्थापित हुन पुगेको संसद्ले कार्यकारिणीमाथि जसरी विधानतः अंकुश लगाउनुपथ्र्यो, त्यसमा संसद् र सभामुख चुकेकै हुन् । यस्तोमा सभामुख आफैं पानी माथीको ओभानो बनेर आफुलाई निस्कलंक प्रमाणित गर्न तम्सिएकाछन् । सभामुखले पुनःस्थापित प्रतिनिधि सभालाई अर्थपूर्ण बनाउन कुनै राजनीतिक पहल गर्न नसकेकै कारणआम बुध्दिजीवी र राजनीतिको सामान्य कखरा सिकेकाहरुको नजरमा दोश्रो पटककोप्रतिनिधि सभा विघटनमा सभामुख सापकोटा समेत दोषभागी देखिएकाछन् । अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेपछि लगत्तै बसेको संसद बैठकमा सभामुखले विधेयकका सवाललेखि संसदीय समितिका निर्देशन अटेर गरेका विषयमा सरकारमाथी दवाव सिर्जना गर्न सर्वदलीय बैठक चलाउन र बोलाउन सक्थे । तर, त्यो उनको प्राथमिकतामै पर्न सकेन ।
सभामुख अनिर्णयको बन्दी बनेकै मौका छोपेर सरकारले गत जेठ ८ गते दोस्रोपटक प्रतिनिधि सभा विघटन ग¥यो । त्यो विघटनको बाछिटा आफ्नो टाउकोमा पनि पर्नसक्ने आंकलन गरेका सभामुखले आफुलाई चोखो राख्नैका लागि विघटनपछि आफ्नो सक्रियता देखाउन शुक्रबारको चिया चौतारो सजाए भन्नु अन्यथा हैन । सभामुख सापकोटाले शुक्रबार बोलाएको उक्त बैठक किन र के का लागि भन्ने नै खुलेको थिएन । बैठकमा उपस्थितहरुले आ आफ्ना कुण्ठा र आग्रह पस्किए , ब्यवस्था र संविधान जोखिममा परेको सदावहार राग अलापे, तर न त निष्कर्ष निक्ल्यो, न त राजनीतिले आगामी बाटोको मार्गदर्शन नै पायो । सभामुख सापकोटाको यो पछिल्लो कदमले उनको उपस्थितीको जनाउनु बाहेक मुलुकमा दिनदिनै विकसित हुँदै गरेको राजनीतिसँगगोरु बेचेको साईनोसम्म राख्दैन । नेपालीमा एउटा प्रचलित उखान, ‘जब भयो राती अनि बुढी ताती’ भनेझैं जतिबेला सभामुखको सकृयता आबश्यक थियो, त्योबेला आंग पसारेर बसेका सभामुख यतिबेला जब सबै बिग्रीई नै सक्यो अनि ताते । जुन तताईको कुनै तुक नै छैन । जब प्रतिनिधि सभा पुनःस्थापना भयो, तत्काल वहाँको सकृयताको आबश्यकता थियो । तर विरोधबाट अलग्गै बस्ने नियतका धनी सापकोटा यतिबेला घर डढेर खरानी भईसकेपछि पानीको जोहोमा जुटेका छन् ।
संविधानको जगेर्ना गर्ने दायित्व प्रतिनीधि सभाको प्रमुखको नाताले सभामुखमा समेत रहेको हुन्छ । संविधान कार्यान्वयन र पालना दुबैमा सभामुख उतिकै जिम्मेवार पद हो । यतिबेला संसद विघटनको अवस्थामा छ, जुन बेला संसदज्युँदो थियो, संसदको हित र विकासका लागि चुईंक्क नबोलेका सभामुख यतिबेला संसद नै नभएको अबस्थामा फुर्तीफार्तीमा छन् । यो जोश र जाँगर विघटित प्रतिनीधि सभाको सभामुखका हिसाबबाट संविधानको कुन धाराबाट उनले पाए, त्यो पनि बुझ्न सकिएन । संसद विघटन सम्बन्धि मुद्दा यतिबेला संवैधानिक ईजलासमा विचाराधीन छ, यस्तोमा सभामुखले देखाएको फिजुलको सक्रियताको के अर्थ लगाउने

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV