२०८१ मंसिर २०, बिहिबार

   2024, Dec 5 Thursday

सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशले वृद्धि जेष्ठ १५ शनिबार

१५ जेष्ठ २०७८, शनिबार १७:२८

जेष्ठ १५ शनिबार


सरकारले वृद्धभत्तालगायत सबै प्रकारका सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशले वृद्धि गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा वक्तव्यमा सामाजिक सुुक्षा भत्ता ३३ प्रतिशले वृद्धिको घोषणा गर्नुभएको हो । सामाजिक सुरक्षाका लागि सरकारले रु १ खर्ब बिनियोजन गरेको छ । वाम गठबन्धनले गत चुनावी घोषणापत्रमा मासिक रु पाँच हजारसम्म भत्ता दिने उद्घोष गरेको थियो । त्यस्तै युवाहरुले शैक्षिक प्रमाणपत्र धितो राखेर अधिकतम ५ प्रतिशत ब्याजदरमा २५ लाखसम्म ऋण निकाल्न पाउने व्यवस्था बजेटले गरेको छ । त्यस्तै सरकारले आर्थिक वर्ष २०७८÷०७९ मा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट छुट्याएको अर्थमन्त्री पौडेलले बताउनुभयो ।
विश्वमा महामारीका रुपमा फैलिएको कोभिड–१९ ले श्रम बजारमा पारेको प्रभावलाई मध्यनजर गर्दै बजेट निर्धारण गरिएको अर्थमन्त्री पौडेलले बताउनुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV