२०७८ अशोज ७, बिहिबार

   2021, Sep 23 Thursday

सप्तकोसी नदीमा आज विहानैदेखि पानीको बहाव यो वर्षकै उच्च

१९ असार २०७८, शनिबार १४:५९

१९ असार २०७८

सप्तकोसी नदीमा पानीको बहाब यो वर्षकै उच्च भएको छ । आज विहान देखि पानीको बहाव प्रति सेकेण्ड एकलाख ८० हजार क्युसेक पुगेको हो ।
सप्तकोसी नदीमा प्रतिसेकेण्ड एकलाख ५० हजारक्युसेक पुगेपछि खतरा मानिन्छ । पानीको बहाव उच्च भएसंगै सप्तकोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ति बालिएको छ । सप्तकोसीमा पानीको बहाव उच्च भएपछि सुनसरी, उदयपुर र सप्तरीका सर्वसाधारण त्रसित बनेका छन् । पानीको बहाव उच्च हुँदा समेत भारत सरकारले कोसी ब्यारेजका ५६ मध्य २८ वटा मात्र ढोका खोलेको छ । सबै ढोका नखोलेका कारण पानीको निकास थुनिएर कोसी आसपासका क्षेत्रका बस्ति डुवानमा पर्ने अवस्थामा पुगेका छन् । सुनसरीको कोसी आसपासका क्षेत्रमा र डुवान भएका स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई उद्धारका लागि परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । भारत सरकारको नियन्त्रणमा रहेको कोसी व्यारेजमा पानीको बहाव उच्च हुँदा समेत सबै ढोका नखोलिएका कारण कोसी आसपासका सर्वसाधारणको जीवन नै जोखिममा परेको हो । यसअघि २०६५ साल भदौ २ गते सप्तकोसीले पूर्वी तटबन्ध भत्काएर कटान गर्दा पानीको बहाव एक लाख ६८ हजार रहेको थियो । कोसी कटानका कारण सुनसरीको साविकका गाविसहरु हरीपुर, पश्चिम कुशाहा र लौकहीमा हजारौ विघा खेतियोग्य जमिन मरुभूमि बन्नुका साथै ५ हजार भन्दा बढी घर परिवारको विस्थापित भएका थिए ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV