२०७८ साउन २१, बिहिबार

   2021, Aug 5 Thursday

संसद् विघटनको मुद्दा प्रभावित बनाउन एकता कायमको आह्वान गरेको माधवकुमार नेपाल पक्षको ठहर

प्रकाशित मिति: २५ जेष्ठ २०७८, मंगलवार ११:२३

जेठ २५ २०७८,मंगलबार

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि भन्दै सार्वजनिक गरेको ६ बुँदे प्रस्तावलाई विपक्षी गठबन्धनका शीर्ष नेताले शंकाको दृष्टिले हेरेका छन् ।
काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा हिजो साँझ तीन नेताबीच भएको छलफलमा ओलीको ६ बुँदे प्रस्ताव प्रतिनिधि सभा विघटनसँग जोडिएको भन्दै अदालतलाई प्रभावमा पार्ने उद्देश्यअनुरुप आएको हुनसक्ने आशंका गरेका हुन् । ओलीले आइतबार साँझ एमाले एकताको प्रस्ताव भन्दै सर्वोच्चमा परेको मुद्दा फिर्ता लिन आव्हान गरेका थिए । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा सभापति देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच छलफल भएपनि छलफलको विषय आफुलाई थाहा नभएको देउवाको सचिवालयले जनाएको छ । तीन नेताबीच एक घण्टा भन्दा बढी समय भएको छलफलमा ओलीको ६ बुँदे प्रस्तावसहित सुदुरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने तथा प्रदेश २ र गण्डकी प्रदेश सभाको भविष्य र सरकारबारे पनि छलफल भएको देउवा निकट काँग्रेसका एक नेताले जानकारी दिनुभएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV