२०७८ अशोज ७, बिहिबार

   2021, Sep 23 Thursday

संसद् अवरोध रोकिदैन : केपी शर्मा ओली

२७ भाद्र २०७८, आईतवार १७:०९

भाद्र २७, काठमाण्डौं


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजनमा सभामुखको मर्यादाहीन संलग्नता दखिएको भन्दै संसद् अवरोध नरोकिने स्पष्ट पार्नुभएको छ ।
संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले पार्टीले कारवाही सिफारिस गरेका सांसदलाई कारवाही नगरेर सभामुखले एमाले बिभाजनमा भूमिका खेलेको भन्दै संसद् अवरोध नरोकिने स्पष्ट पार्नुभएको हो ।
उहाले सभामुखबाट पदको दुरुपयोग भएको आरोप लगाउनुभयो । ओलीले संसदीय मर्यादाभित्र रहेर संसद अवरोध जारी राख्न निर्देशन दिनुभयो । नारा लगाउने र वेल घेर्ने भन्दा बाहिर जान नहुने भन्दै उहाले सभामुखलाई माइकले हान्ने योजना नरहेको बताउनुभयो ।
उहाले मर्यादापालकले नै विरोध गर्ने ठाँउ नदिएर वेल कव्जा गरेको जिकिर गर्नुभयो । त्यस्तै अध्यक्ष ओलीले बोल्न नदिएर सरकारले तानाशाहको व्यवहार देखाएको आरोप लगाउनुभयो ।
उहाले बजेटको प्रतिस्थापन बिधेयकमा केहि नयाँ कुरा नआएको बताउनुभयो । पूर्वाधारण बिकास र आयोजनामा सरकारको कुनै चासो नदेखिएको उहाले बताउनुभयो । उहाले भ्रष्टचारलाई प्रश्रय दिन मापदण्डबिपरित रकम बाड्ने योजना सरकारले ल्याएको धारणा राख्नुभयो ।
बैठकमा पूर्वअर्थमन्त्री एवं एमालेका उपमहासचिव बिष्णु पौडेलले बजेट प्रतिस्थापन विधेयकमा गम्भीर भूल गर्न खोजिएको आरोप लगाउनुभयो । आफूले ल्याएको बजेटका महत्वपूर्ण आयोजना कटौती गरिएको उहाको भनाई छ ।
प्रतिस्थापन विधेयकमार्फत सरकारले वित्तीय अनुशासन पनि उल्लंघन गरेको समेत उहाले बताउनुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV