२०७८ साउन २१, बिहिबार

   2021, Aug 5 Thursday

शशांक निवासमा तीन कोइराला नेता बिच छलफल

प्रकाशित मिति: २ श्रावण २०७८, शनिबार १८:२०

२०७८ साउन २ गते, काठमाण्डौं

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला र सुजाता कोइराला लगाएतका नेताबीच छलफल भएको छ ।
शनिबार महाराजगञ्जस्थित महामन्त्री शशांक कोइराला निवासमा भएको छलफलमा राष्ट्रिय राजनीतिका बारेमा कुराकानी भएको हो । त्यस्तै सरकारलाई विश्वासको मत दिलाउने र पार्टीको १४ औं महाधिवेशनका विषयमा कुराकानी भएको नेताहरुले जनाएका छन् । छलफलपछि कांग्रेस नेता शेखर कोईरालाले राष्ट्रिय राजनीतिका कुराकानी भएको बताउनुभयो । उहाले सरकारलाई प्रभावकारी रुपमा अघि बढाउने लगाएका बिषयमा कुराकानी भएको पनि बताउनुभयो ।
राष्ट्रिय राजनीतिलाई कांग्रेसको नेतृत्वमा अगाडि बढाउँदै महाधिवेशनलाई सफल बनाउने विषयमा नेताहरुबीच छलफल भएको बताइएको छ । १४ औं महाधिवेशनमा पार्टी नेतृत्वका लागि उम्मेद्वार चयनका लागि कांग्रेस नेताहरुबीच छलफल चल्दै आएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV