विपतको सामना गर्न सरकारले तयारी नगरेको सांसदहरुको आरोप
९ असार २०७८, बुधबार १७:४३

९ असार काठमाण्डौैं
विपतको सामना गर्न सरकारले तयारी नगरेको सांसदहरुले आरोप लगाएको छन् ।
राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबार बसेको बैठकमा सांसदहरुले सरकार विपतको अवस्थामा निकै कमजोर भएको आरोप लगाएका हुन । बैठकमा सांसद नारायणकाजी श्रेष्ठले कुनै पनि सरकार पूर्व तयारी नगरि बस्नाले वर्षेनी नेपालमा धनजनको क्षेति भएको आरोप लगाउनुभयो । उहाले सरकारलाई जनउत्तरदायि बनाउन र जनातको जीउधनको सुरक्षा गर्न अग्रह समेत गर्नुभयो । श्रेष्ठले भारतले अतिक्रमण गरेको भूभागका बारेमा वार्ताको पहल गर्न र नेपाली भूभागमा बनाइरहेको बाटो तत्काल रोक्न कूटनीतिक पहल गर्न सरकारसंग आग्रह गर्नुभयो । बाइट…
बैठकमा सांसद खिमलाल भट्टराईले खोप नपाएका जनतालाई खोप दिन पहल गर्नु पर्ने बताउनुभयो । उहाले दक्षिण एसियामा खोप लगाउने देशमा नेपाल दोस्रो स्थानमा भएपनि खोल लगाउन बाँकी जनसंख्यालाई खोपको व्यवस्थापन गर्न सरकारसंग आग्रह गर्नुभयो ।
उहाले विगतमा भोगेका समस्या फेरी दोहोरिन नदिन सरकारले पहलकदमी चाल्नु पर्ने र कोरोनाको तेस्रो लहरको सामना गर्न दरिलो भएर लाग्नु पर्ने जिकिर गर्नुभयो । सांसद भट्टराईले बाढी पहिरो गएका ठाउँमा राहत र उद्धारका कार्यमा तीव्रता दिन सरकारसंग माग गर्नुभयो । लिपुलेक क्षेत्रमा नेपालको भुभाग मिचिएको हो वा होइन सत्यतथ्य बुझनु सांसद भट्टराईएको माग गर्दै चाडो भन्दा चाडो लिपुलेकबारे तथ्य बाहिर ल्याउनुपर्ने तर्क गर्नुभयो ।
बाढी र पहिरोबाट संकटमा परेका जनताको तत्काल आवश्यक पर्ने ठाउँमा उद्धार, राहत र वासस्थानको व्यवस्था गर्नुपर्ने सांसदहरुको भनाई छ ।