२०८१ मंसिर २०, बिहिबार

   2024, Dec 5 Thursday

विपक्षी गठबन्धनलाई कायम राख्ने कांग्रेसको निर्णय

४ असार २०७८, शुक्रबार २२:०४

४ असार २०७८ शुत्रबार

नेपाली कांग्रेसले पाँच दलिय गठबन्धनलाई बलियो बनाउनुपर्ने ठहर गरेको छ । कांग्रेस केन्द्रीय समितिको बैठकले दलहरुबीचको सहकार्यलाई अगाडी बढाउने प्रस्ताव पारित गरेको छ ।
पार्टी कार्यालय ललितपुर सानेपामा बसेको बैठकले संसद बिघटनपछिको घटनाक्रम हेर्दा मुलुकको लोकतन्त्रको मुल्यमान्यतालाई कमजोर बनाउने काम भएको भन्दै थप सशक्त भएर अघि बढ्ने निष्कर्ष निकालेको कांग्रेस सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिनुभयो । उहाँले लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय बिपक्षी गठबन्धनलाई मजबुद बनाउनुपर्ने कांग्रेसको ठहर रहेको बताउनुभयो ।
कांग्रेसले पार्टीको १४औं महाधिवेशनको संशोधित कार्यतालिकालाई पारित गरेको छ । केन्द्रीय कार्यसमिति बैठकले पार्टी सभापति शेर बहादुर देउवाले राख्नुभएको महाधिवेशनको संशोधित कार्यतालिकालाई पारित गरेको हो । संशोधित कार्यतालिका अनुसार  साउन १२ गते वडा अधिवेशन सुरु हुने छ भने पार्टीको केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने कांग्रेस सहमहामन्त्री महतले जानकारी दिनुभयो । त्यस्तै असार २० गतेसम्म सम्पूर्ण काम सक्न क्रियाशिल सदस्य छानविन समितिलाई निर्देशन दिइएको उहाले बताउनुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV