२०८१ माघ १, मङ्लबार

   2025, Jan 14 Tuesday

वाग्मती प्रदेशको मुख्यमन्त्रीमा एमाले नेतृ अष्टलक्ष्मी शाक्य

३ भाद्र २०७८, बिहीबार १३:२४

३ भाद्र २०७८, काठमाण्डौं


वाग्मती प्रदेशको मुख्यमन्त्रीमा एमाले नेतृ अष्टलक्ष्मी शाक्य नियुक्त हुनुभएको छ ।
बुधबार नेकपा एमालेबाट विभाजन भई माधवकुमार नेपाल नेतृत्वको एमाले समाजवादी पार्टी दर्ता भएसँगै शाक्य वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । नेतृ शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बन्नुभएको छ । शाक्यले शपथ ग्रहण लगत्तै दुई जना मन्त्री पनि नियुक्त गर्नुभएको छ । जसमध्ये सांसद केशव पाण्डे आन्तरिक मामिला र कृष्णप्रसाद खनाल सामाजिक विकास मन्त्री नियुक्ति हुनुभएको हो । नेतृ शाक्य लामो समयदेखि माधव समूहमा सक्रिय रहनुभएको थियो । तर एमालेको केपी ओली पक्षले उहाँलाई बुधबार नै वाग्मती प्रदेशको संसदीय दलको नेता चुन्दै मुख्यमन्त्री बनाएको हो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV