२०७८ मंसिर २१, मङ्लबार

   2021, Dec 7 Tuesday

लोकतान्त्रिक क्लबद्वारा बडा दँशै विशेष कार्यक्रम सम्पन्न

६ कार्तिक २०७८, शनिबार २२:०५

६ कार्तिक २०७८, गोरखा


भिमसेनथापा ३ गोरखामा रहेको बहुचर्चित संस्था लोकतान्त्रिक क्लबले बडा दँशै २०७८ को पावन अवसरमा चिठ्ठा तथा उपहारका साथ विविध प्रतिस्पर्धात्मक कार्यक्रमहरु सम्पन्न गरेको छ । सिद्धकाली महिला समुह भवन नाङगेमा भएको उक्त कार्यक्रमा सभापतीको आसन क्लबका अध्यक्ष प्रदीप खनाल (आईजी) ले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका भिमसेनथापा ३ का वडा अध्यक्ष लिलानाथ लामिछानेले सरल ढंगले लोकतान्त्रिक क्लबको स्थापना देखि भए गरेका महत्त्वपूर्ण उपलब्धिहरुको बयान गर्नुभयो ।

शुभकामना मन्तव्यको क्रममा प्राध्यापक डा। बिरेन्द्र पुडासैनीले लोकतान्त्रिक क्लब गोरखा जिल्लामै नमुना संस्थाका रुपमा अघि बढिरहेको बताउँदै थप गहकिलो सुझाव सहित आफ्नो सदैव साथ रहेको बताउनुभयो । त्यसैगरी लोकतान्त्रिक क्लबका संस्थापक अध्यक्ष बद्री प्रसाद लामिछाने, सल्लाहाकार भुवन ढकाल, नेपाली कांग्रेस गोरखा क्षेत्र नं १ प्रदेश ख का सचिव ऋषि राम लामिछाने र नवज्योति माध्यमिक विध्यालयका प्र.अ. ठाकुर लामिछानेले लोकतान्त्रिक क्लब समाजको अभिन्न अंक भएको भन्दै उत्तर उत्तर प्रगतिको लागि शुभकामना दिनुभयो ।

कार्यक्रमलाई समाजसेवी रामकृष्ण सिंखडा ले रु १०,००० रमेश प्रसाद खनालले रु ६००० बिस्णु कुमार लामिछानेले रु ५११० प्रेम देबकोटाले ५००० सुगभ बन्जाराले क्यानडाबाट रु ५००० सहयोग गर्नुभएको थियो । त्यसैगरी धेरै समाजसेवी ज्युहरुले क्लबको गतिविधिको उचित मुल्यांकन गर्दै आफ्नो इच्छा अनुसार आर्थिक सहयोग गर्नुभएको छ ।

कार्यक्रममा समाजसेवी शंकर बन्जाराको संयोजकत्वमा उपलब्ध २ वटा अक्सिजन सिलिन्डर र केही स्टेसनरी सामाग्री हस्तान्तरण गरियो

। उक्त दँशै विशेष कार्यक्रमको समाप्ति पछि प्रतिक्रिया दिँदै उपस्थित महानुभावहरुले यो कार्यक्रम मनोरञ्जनात्मक, चेतनामूलक र एकताको सन्देश भएको भन्दै लोकतान्त्रिक क्लबलाई सहयोग गर्दा कहिलै पछुताउनु नपर्ने बताउनुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV