२०८१ मंसिर २०, बिहिबार

   2024, Dec 5 Thursday

लोकतन्त्र र संविधान गम्भिर संकटमा परेको सर्वदलीय बैठकको निष्कर्ष

२९ जेष्ठ २०७८, शनिबार ०९:५०

२८ जेष्ठ २०७८, शनिबार


विघठित प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकले लोकतन्त्र र संविधान गम्भिर संकटमा परेको निष्कर्ष निकालेको छ ।
हिजो बसेको सर्वदलीय बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकले संकटमा परेको लोकतन्त्र र संविधान जोगाउन सबै एक ठाउँमा उभिएर कदम चाल्नुपर्ने निष्कर्ष निकालेको पूर्व प्रधानमन्त्री समेत रहनुभएका जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले जानकारी दिनुभयो ।
पटक–पटक संसद विघटन गरिनु निरंकुशता र स्वेच्छाचारिताको​ पराकाष्ठा भएको समेत नेताहरुको ठहर छ । बैठकमा सहभागी नेताहरुले पार्टीको आन्तरिक खिचातानीले उत्पन्न जटिलताका कारण समग्र राज्यलाई प्रभावपार्ने काम प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको बताउनुभएको थियो । नेपालको परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्र मन नपराउने भित्री र बाह्य शक्तिले खेल्ने प्रयासको परिणाम आजको स्थिति भएकाले यसबारे सबै दलहरु सचेत रहनुपर्ने आवश्यकता समेत बैठकले औल्याएको छ । सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद विघटन गरेपछि उत्पन्न राजनीतिक परिस्थितिका बारेमा पूर्व प्रधानमन्त्रीसहित दलका नेतासँग छलफल गर्नुभएको हो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV