२०८१ माघ १, मङ्लबार

   2025, Jan 14 Tuesday

लुम्बिनी प्रदेश सरकारमाथि औला उठाउने कुनै ठाँउ छैन:बैजनाथ चौधरी

२० जेष्ठ २०७८, बिहीबार १७:४५

जेठ २० २०७८, बिहिबार


लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले अहिलेको सरकारमाथि औला उठाउने कुनै ठाँउ नरहेको बताउनुभएको छ ।
बिहीबार प्रदेश सरकारको विनियोजन विधेयकका सिद्धात र प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री चौधरीले अहिलेको सरकार पूर्ण बहुमतको रहेको र सरकारमाथि औंला उठाउने ठाँउ नरहेको बताउनुभएको हो ।
कानूनी हिसाबले वर्तमान सरकारको संख्या ४५ भएको र व्यावहारिक हिसाबले ४२ रहेको उहाको भनाई छ । उहाले मुख्यमन्त्रीले आवश्यकता अनुसार चाहेका बेला विश्वासको मत लिने कानूनी प्रावधान रहेको भन्दै उपयुक्त समयमा विश्वासको मत लिने काम पनि हुने धारणा राख्नुभयो । त्यस्तै उहाले प्रदेश सरकारले संसदबाटै बजेट पास गराउन चाहेको स्पष्ट पार्नुभयो । मन्त्री यादवले कोरोनालाई मध्यनजर गर्दै उपयुक्त बजेट आउने जिकिर गर्नुभयो । प्रदेश सरकारको सेवा प्रवाह बढाउने र प्रदेशले शुरू गरेको योजना समयमै पूरा गराउने उद्देश्यका साथ बजेट आउने उहाले जानकारी दिनुभयो ।
बैठकमा भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय बहादुर यादवले जीवनाशक बिषादी नियमन सम्बन्धी बिधेयक पेश गर्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक जेष्ठ २५ गते बोलाइएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV