२०७८ साउन २१, बिहिबार

   2021, Aug 5 Thursday

ललिता निवास जग्गा विक्री प्रकरणमा मुछिएका ४९ जना विरुद्ध सूचना जारी

प्रकाशित मिति: २३ जेष्ठ २०७८, आईतवार १३:४२

२३ जेष्ठ २०७८, आइतबार
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना जारी जारी गरेको हो । २०७७ चैत २० गते को आदेशअनुसार म्यादसूचना बुझाउन जाँदा घर ठेगाना पत्ता नलागेकाले म्याद तामेल हुन नसकेको भन्दै कार्यालयले आजको गोरखापत्र दैनिकमा २१ दिने सूचना जारी गरेको छ । सो म्यादभित्र व्यक्तिका नाममा भएका जग्गा नेपाल सरकारको नाममा कायम गर्नु नपर्ने कुनै कारण भए प्रतिक्रिया पेस गर्न समेत भनिएको छ। आफ्नो भनाइ, सबुत, कागज प्रमाणसहित लिखित प्रतिक्रियासहित स्वयं उपस्थित हुन आउन वा कानुनबमोजिम वारेस वा कानुन व्यवसायी पठाउन वा निषेध आदेशले भौतिकरूपमा उपस्थित हुन नसके कार्यालयको इमेलमा प्रतिक्रिया पेस गर्र्न सूचनामा उल्लेख छ।म्यादभित्र प्रतिउत्तर वा प्रतिक्रिया नबुझाए सो जग्गा सरकारको नाममा हुने सूचनामा जनाइएको छ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV