२०७८ साउन २१, बिहिबार

   2021, Aug 5 Thursday

लगनखेलस्थित राजदलगण परिसरमा रहेका दुई वटा पोखरीको जिर्णोदार र पुननिर्माण हुने

प्रकाशित मिति: ३० जेष्ठ २०७८, आईतवार १६:४३

३० जेष्ठ २०७८, आइतबार

३० जेष्ठ २०७८, आइतबार

ललितपुर महानगरपालिकाले लगनखेलस्थित राजदलगण परिसरमा रहेका दुई वटा पोखरीको जिर्णोदार र पुननिर्माण गर्ने भएको छ ।
आइतबार ललितपुर महानगरपालिका र राजदल गण ललितपुरबीच पोखरी पुनर्निर्माण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार राजदल गणले सुख्खा मैदानमा परिणत भएको पोखरी पुननिर्माणका लागि महानगरलाई सहयोग गर्नेछ भने महानगरले पोखरीलाई ऐतिहासिक रुपमा आफ्नै खर्चमा पुननिर्माण र सम्भार गर्ने छ । सम्झौता कार्यक्रममा महानगरका प्रमुख चिरिबाबु महर्जनले उक्त पोखरीलाई पुरानै अवस्थामा फर्काए कमलको फूल फुलाउने योजनाका साथ अघि बढ्ने जानकारी दिनुभयो ।
उहाले समाजलाई वातावरणमैत्री बनाउन महानगरले बिभिन्न कार्य गर्दै आएको बताउनुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV