२०७७ मंसिर १३, शनिबार

   2020, Nov 28 Saturday

रियल मड्रिडका पूर्वअध्यक्ष सान्जको कोरोनाका कारण मृत्यु

प्रकाशित मिति: ९ चैत्र २०७६, आईतवार १४:३७

स्पेनिस क्लब रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट ज्यान गएको छ । कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल भर्ना भएका सान्जको ७६ वर्षको उमेरमा शनिबार ज्यान गएको हो । सान्ज सन् १९९५ देखि २००० सम्म रियल मड्रिडको अध्यक्ष रहँदा टिमलाई दुई पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए । सान्जका छोराले ट्विटरमार्फत आफ्नो बुवाको निधन भएको जानकारी दिएका थिए । उनी लेख्छन् ‘उनी यो अवस्थामा ज्यान गुमाउन लायक थिएनन् । एक उत्कृष्ट, साहसी र मेहनती व्यक्तिका रुपमा मैले देखेको थिएँ । आफ्ना परिवार र रियल मड्रिड पुरै उनको प्यासन थियो ।’

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV