२०८२ जेष्ठ ३०, बिहिबार

   2025, Jun 12 Thursday

राष्ट्रिय जनमोर्चा चन्द्रागिरिद्वारा संघीयता र एमसिसी विरुद्ध गुर्जुधारामा कोणसभा

१९ आश्विन २०७८, मंगलवार ०८:०३

असोज १९ काठमाडौँ


राष्ट्रिय जनमोर्चा चन्द्रागिरिलेले सङ्घीयता र एमसिसीको विरुद्धमा कोणसभा सम्पन्न गरेको छ ।
राजमो चन्द्रागिरि मोहन जिसीको अध्यक्षतामा चन्द्रागिरिको गुर्जुधारा चोकमा सो कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा काठमाण्डौं जिल्ला अध्यक्ष झविन्द्र बेलवासेले सङ्घीयता र एमसिसीले नेपालको राष्ट्रियता, सार्वभौमिकता तथा पञ्चशील र असंलग्नतामाथि आधारित स्वतन्त्र परराष्ट्र नीति समाप्त हुने बताउनुभयो ।
उहाँले गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि सम्पूर्ण जनता एकजुट हुनुपर्ने बताउँदै त्यसका लागि देशभक्त तथा जनतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने बताउनुभयो ।
कोणसभालाई राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य तथा चन्द्रागिरि नगर ईन्र्चाज रोसन दानीले देशमा वैदेशिक हस्तक्षेप नेपाली जनतालाई किनारा लगाउन सवै देश भक्त नेपालीहरु एक जुट हुनु पर्ने बताउनु भयो । युवा नेता दानीले हजारौ वर्ष देखि नेपाली समाज अन्यय अत्याचार र शोषणले खाल्दै अस्तिर राजनितिक व्यवस्थाबाट माथी उठन नसको दानीले भन्नु भयो । उहाँले भनु भयो,शासन व्यक्तको होईन विधिको हुनु पर्ने हो तर सक्ता र शक्तीको भरमा देशलाई अर्णिनयको बन्दी बन्दा नेता देखि अब पनि जनताहरुको चेतना नआउने हो भने देश सिकिमिरकरको वाटोमा जाने समय धेरै छैन् ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका युवा नेता आन्नद शर्मा, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य लालबहादुर थापा, प्रगतीशिल लेखक संघका महासचिव समिर सिंह, अखिल नेपाल जनजाती सम्मेलन अध्यक्ष निम वुढा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन जातीय समता समाजका महासचिव भक्त विकले गर्नुभएको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV