२०७८ साउन २१, बिहिबार

   2021, Aug 5 Thursday

राष्ट्रपति र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता

प्रकाशित मिति: २७ जेष्ठ २०७८, बिहीबार ०८:४९

जेठ २७ २०७८ बिहिबार, काठमाण्डौं

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली हिजो साँझ शीतल निवासमा पुग्नुभएको थियो । हिजोको भेटमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ । प्रतिनिधिसभा विघटन सम्बन्धि मुद्दा सर्वोच्च अदालतमा परेसँगै राजनीतिक माहोल तरंगित भैरहेका बेला प्रधानमन्त्री ओली राष्ट्रपतिसँगको भेटलाई बाक्लो बनाउनुभएको हो । उहाँले गएको सोमबार पनि राष्ट्रपतिसँग भेट गर्नुभएको थियो । सोमबार राति राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच झण्डै साढे १ घण्टा लामो छलफल भएको थियो ।

Prime Minister KP Sharma Oli briefing President Bidya Devi Bhandari about his visit to India at the latter’s Office in Sheetal Niwas on Thursday, February 18, 2016. Photo: RSS
Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV