राष्ट्रपति भण्डारी र सुरक्षा निकायका प्रमुखवीच भेट वाता
५ असार २०७८, शनिबार ०८:१९

५ असार २०७८, शनिबार
राष्ट्रपति विद्यादेवी भण्डारीले सुरक्षा निकायका प्रमुखसँग हिजो साँझ भेटगर्नु भएको छ ।
हालै आएको बाढी पहिरोले पु¥याएको क्षतीका सम्बन्धमा राष्ट्रपति भण्डारीले गृहमन्त्री खगराज अधिकारीसहित सुरक्षा अंगका प्रमुखसँग छलफल गर्नुभएको हो । राष्ट्रपति कार्यालयले जनाए अनुसार, गृहमन्त्री अधिकारी, गृहसचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी शितल निवास पुगेका थिए । सुरक्षा प्रमुखहरुसँग राष्ट्रपतिले विपद्मा परेका जनताको उद्धार, राहतलगायतको बन्दोबस्त मिलाउन पनि निर्देशन दिनुभएको छ ।
Share on Social Media