रामजानकी विवाह पञ्चमी महोत्सवका लागी जानकी मन्दिरमा मण्डप निर्माण
११ मंसिर २०७६, बुधबार १६:२९

मंसिर शुक्ल पञ्चमीका दिन मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवमा हुने वैवाहिक विधिका लागि प्रसिद्ध जानकी मन्दिरमा मण्डप निर्माणको कार्य तीव्र गतिमा भइरहेको छ । मिथिलाको प्रमुख पर्वहरूमध्ये एक रहेको विवाहपञ्चमीमा प्रसिद्ध जानकी मन्दिर, मन्दिर, ऐतिहासिक रंगभूमि मैदान बाह्रविगा, मणिमण्डप, अग्नी कुण्ड, रत्नसागर, सुन्दरसदन, सीताकुण्ड, बेला कुटीलगायत यस अवसरमा श्रृंगारिन्छ ।
Share on Social Media