२०८१ चैत्र १४, शुक्रबार

   2025, Mar 28 Friday

राप्रपाको केन्द्रीय निर्देशन समिति र केन्द्रीय विशेष समिति गठन

५ असार २०७८, शनिबार ०८:११

५ असार २०७८, शनिबार

राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी केन्द्रीय निर्देशन समिति र केन्द्रीय विशेष समिति गठन गरेको छ ।
पार्टीको विधान तथा पार्टी एकिकरण सम्बन्धि आधारपत्र बमोजिम अध्यक्षत्रयको बैठकले ती समिति गठन गरेको हो । समितिले विधानको परिधिभित्र रहेर पार्टीको वैचारिक, सांगठनिक र अन्य महत्वपूर्ण बिषयमा पार्टीलाई मार्गनिर्देश गर्ने पार्टीले जनाएको छ । निर्देशन समितिको बैठक नबसेको अवस्थामा निर्देशन समितिले गर्नु पर्ने निर्णयहरु केन्द्रीय विशेष समितिले गर्नेछ । दुवै समितिमा पार्टीका संस्थापक अध्यक्ष तथा पूर्व प्रधानमन्त्री श्री लोकेन्द्र बहादुर चन्द पदेन सदस्य रहनेछन् । यस अघि गठन गरिएको सचिवालय कार्य व्यवस्था समिति खारेज गर्ने निर्णय गरिएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV