२०८२ जेष्ठ ३०, बिहिबार

   2025, Jun 12 Thursday

राजनीतिक समन्वय समितिको कुनै औचित्य छैन प्रकाशमान सिंह

२४ कार्तिक २०७८, बुधबार १७:१३

२४ कात्तिक, काठमाडौं।


नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनले बनाएको राजनीतिक समन्वय समितिको कुनै औचित्य नभएको बताउनुभएको छ ।
गणेशमान सिंहको १०७ औं जन्मजयन्तीका बुधबार आयोजित माल्यार्पण कार्यक्रममा नेता सिंहले सरकारलाई नियन्त्रण गर्ने र सरकार भन्दा माथि जस्तो देखिने समितिको कुनै औचित्य र आवश्यकता नरहेको बताउनुभएको हो । उहाले अहिले सरकारमा सत्ता गठबन्धनका दलहरु सहभागी भएपनि राज्यसत्ता सरकारले चलाउने उल्लेख गर्नुभयो । त्यस्तै उहाले न्यायलयमा देखिएको गतिरोधका कारण सर्वसाधारणहरु मर्कामा परेको भन्दै गतिरोध अन्त्यका लागि सरकारले पहल गर्नुपर्ने बताउनुभयो । नेता सिंहले बर्तमान परिस्थीतिमा अर्लिइलेक्शनको कुनै सम्भावना नभएको भन्दै संबिधान अनुसार नै तोकिएको समयमा निर्वाचन हुनुपर्ने धारणा राख्नुभयो । उहाले आगामी निर्वाचनमा काँग्रेस एक्लै जनतामा जानुपर्ने पनि बताउनुभयो ।
नेता सिंहले प्रजातन्त्र प्राप्तीको लागी गणेशमान सिंहले गरेको योगदानको चचाए गर्नुभएको थियो । नेता सिंहले गणेशमान सिंह जन्मजयन्तीको अबसरमा शोभाभगवतीमा रहेको उनको शालिकमा माल्याअर्पण गर्नुभएको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV