२०७८ साउन २१, बिहिबार

   2021, Aug 5 Thursday

यो साता सेयर बजारले अहिलेसम्म कै उच्च बिन्दु कायम

प्रकाशित मिति: २९ जेष्ठ २०७८, शनिबार १०:०४

२८ जेष्ठ २०७८, शनिबार


यो साता सेयर बजारले अहिलेसम्म कै उच्च बिन्दु कायम गरेको छ ।
कारोबारको चौथो दिन बुधबार इन्ट्रा डे कारोबारमा नेप्से सूचक ३ हजार विन्दुबाट पनि उकालो लागेको थियो । तथापि, उच्च विन्दु छोएपछि नेप्से पुनः करेक्सनमा गयो । समग्रमा नेप्से सूचक गत साताको तुलनामा ३ दशमलव ०८ प्रतिशतले वृद्धि हुँदै यस साता २ हजार ९ सय ४४ दशमलव ७८ विन्दुमा आएर कारोबार बन्द भएको छ । गत साता नेप्से सूचक २ हजार ८ सय ५६ दशमलव ७७ विन्दुमा बन्द भएको थियो । बिहीबार १६ दशमलव १० अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ भने बजार पुँजीकरण ४० खर्ब नाघेको छ । ३ हजार विन्दु क्रस गरेर केही तल झरेको नेप्से अब पुनः लगातार माथितिर जाला वा केही करेक्सन होला यकीन छैन । तर बजार जति करेक्सन भयो उत्ति नै माथि जान सहयोग पुग्ने विश्लेषकहरु बताउँछन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV