२०८१ माघ १, मङ्लबार

   2025, Jan 14 Tuesday

यसपालीको दशै मै महाबिरले नयाँ लुगा हाले

३ कार्तिक २०७७, सोमबार १४:१९

होचो कद भएको मंगोलियन गोलो अनुहार भएका नेपालका बैज्ञानिक हुने हरुका नेतृत्व गरीरहेका खस्रो(फुस्रो एक व्यक्ति, जो कहिल्यै सुकिलो(मुकिलो देखिएनन् । दुनियाले उनलाई चिन्छन्, तर दुनियासँग उनलाई मतलब छैन । त्यसैले त कहिले टाउजर त कहिले हाप पाइन्ट लगाएर चप्पल पड्काउँदै देश–दुनिया परिक्रमा गर्छन् । चम्किला टेलिभिजन सेटहरुमा होस् वा भव्य मञ्चहरुमा उनको हुलिया बद्लिदैन, उस्तै हुन्छ ।

किनकी उनलाई आवरणमा चिप्लोचाप्लो देखिनुछैन, बनावटी बन्नुछैन । उनलाई चिरिच्याट्ट परेर लुगा लगाउन आउँदैन । होशियारीसाथ हिँड्नु,डुल्नु आउँदैन । भाँती मिलाएर बोल्न आउँदैन । बान्की मिलाएर नाच्न आउँदैन । उनी त एक कर्मयोगी हुन्, जसलाई काम भन्दा ठूलो केही लाग्दैन ।अहिलेको जमानामा नयाँ लुगा लगाउनका लागि दशैं कुरिरहनुपर्ने जरुरत छैन । यद्यपि दशैंको विशेषता नै हो, नयाँ लुगा लगाउने । कुनै बखत त यस्तो पनि थियो, एक आङ लुगा लगाउनका लागि दशैं नै आउनुपर्ने । वर्षदिनमा एकसरो नयाँ लुगामा ठाँटिनु दशैंको आफ्नो मौलिक विशेषता हो । तर, महावीर पुनले वितेका ४५ बर्षसम्म दशैंमा नयाँ कपडा लगाएका रहेनछन् । उनी रमाइलो पारामा लेख्छन्, ‘यो कपडा मलाई नै नापेर सिलाइदिएका हुन् । पुरानो जगेडा होइन । मेरो जिन्दगीको यो दोस्रो नयाँ सुट हो । जुत्ता चाहिँ ६ बर्ष पुरानो ।’ भने यसबर्ष संकटमा महाबिर पुनले नयाँ लुगा हालेछन भनेर नकारात्मक टीप्पणी गर्ने हरु पनि भेटीन सक्छन ।

लौ हेर्नुहोस, मैले नि यो बर्षको दशैंमा ता नयाँ कपडा पायो बाई 🤣🤣 —
सायद ४५ बर्ष पछि मैले दशैमा नयाँ कपडा पाएको होला | यो कपडा मलाई नै नापेर सिलाई दिएका हुन् | पुरानो जडौरी होइन | मेरो जिन्दगीको यो दोश्रो नयाँ सुट हो | जुत्ता चाहिं ६ बर्ष पुरानो हो | धेरै साथीहरुले राम्रो कपडा लगाएन भनेर मलाई कचकच् गरिरहनु भएको थियो | अब कचकच गर्ने साथीहरु चुप लाग्नु होस | आज नयाँ कपडा लगाएको फोटो हाल्छु भनेर हिजो गरेको बाचा पुरा गरें | दशैको बेलामा यो नयाँ कपडा कहाँ बाट आयो भनेर कसैले पनि नसोध्नु होला | केहि महिना पछि मैले नै बताउने छु | क्या रमाइलो हुने भयो यो पालीको दशैँ ता | कहिले काहिं ता गल्लीको कुकुरको पनि दिन आउंछ भनेको यहि होला 😂😂😂🤣🤣🤣😅😅🤡🤡

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV