मालपोत कार्यालयको काम डिजिटल प्रविधिमा लगिने : मन्त्री पद्मा अर्याल
३ चैत्र २०७५, आईतवार १५:११

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मालपोत कार्यालयको काम चाडै नै डिजिटल प्रविधिमा लगिने बताउनुभएको छ ।
आइतबार काठमाडौंको कंलकी मालपोत कार्यालयको निरीक्षण गर्दै उनले कागजी कामले झन्झटिलो भएकाले व्यवस्थित गर्न चाडै डिजिटल प्रविधिमा लगिने बताउनुभएको हो । मन्त्री अर्यालले मालपोतमा ढिलासुस्ती भएको गुनासो बढेकाले विशेष योजनासहित काम गर्ने उल्लेख गर्नुभयो । उहाले पारदर्शी रुपमा काम गर्न कर्मचारीहरुलाई निर्देशन दिदैं भ्रष्टाचार नियन्त्रणमा विशेष ध्यान दिइने पनि बताउनुभयो । मन्त्री अर्यालले चैत्रभित्र कंलकी, डिल्लीबजार र चावहिल मालपोतबाट डिजिटल प्रविधिमा काम गरिने जानकारी पनि दिनुभयो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत कार्यलय सुधार गर्न १८ बुँदे कार्यसंरचनाका कार्यान्वयन भए नभएको बारे मन्त्री आर्यालले अनुगमन गर्नुभएको हो ।