२०७८ मंसिर २१, मङ्लबार

   2021, Dec 7 Tuesday

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रधानमन्त्रीद्धारा उद्घाटन

२१ असार २०७८, सोमबार २०:१९

२१ असार २०७८, काठमाण्डौं

प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणमा भएको ढिलाईले राष्ट्रलाई नै असाधारण क्षति पुर्याएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले स्वदेशी पुँजीमा निर्माण गरिएको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको कम्प्युटरबाट स्विच थिचेर भर्चुअल उद्घाटन गर्नुहुँदै आयोजना निर्माणमा ढिलाई हुँदा ठूलो घाटा परेको बताउनुभएको हो । उहाले विभिन्न कारणले आयोजना निर्माण कार्य विलम्ब भएकाले निर्माण अवधिको ब्याज १४ अर्ब लाग्ने अनुमान गरिएकोमा थप १८ अर्ब बढेर ३२ अर्ब पुगेको बताउनुभयो । नेपालीहरूकै लागतमा आयोजना बनेको भन्दै यो धेरै खुशीको कुरा भएको उहाको भनाई छ । विकास सबैको साझा आवश्यकता भएको बताउदै प्रधानमन्त्री ओलीले उपलब्धि पनि सबैको भएको बताउनुभयो । उहाँले माथिल्लो तामाकोशीबाट उत्पादित विद्युत् ढल्केबर सवस्टेशनबाट देशका विभिन्न भागमा वितरण गरिने जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका आयोजना निर्माण कार्य ढिलाइ हुँदा धेरै क्षति हुने उल्लेख गर्नुहुँदै समयमै निर्माण सम्पन्न गर्न सबैले ध्यान दिनुपर्ने बताउनुभयो । त्यस्तै उहाले मुलुकको बिकासमा सरकार तीव्रतर ढंगले अघि बढेको जिकिर गर्नुभयो ।
कार्यक्रममा उपप्रधानमन्त्री एवं उर्जामन्त्री विष्णु पौडेलले नेपाली पुँजीमा निर्मित माथिल्लो तामाकोशी आयोजनाको विशिष्ट महत्त्व भएको उल्लेख गर्दै नेपालमा अब कहिल्यै पनि लोडसेडिङ नहुने बताउनुभयो । ४ सय ५६ मेगावाटको यो आयोजनाबाट सोमबार पहिलो युनिटबाट विद्युत् उत्पादन भएको हो । आयोजनाको करिब ८४ अर्ब रुपैयाँ लगानी लागेको प्रारम्भिक अनुमान छ । यसमा ५२ अर्ब खर्च र बाँकी ३२ अर्ब निर्माण अवधिको ब्याज पुगेको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV