२०७८ साउन २१, बिहिबार

   2021, Aug 5 Thursday

माइटी गरुडा च्यारिटेवल ट्रष्टद्धारा निषेधाज्ञाका कारण समस्यामा परेका व्यक्तिहरुलाई खाद्यान्न सहयोग

प्रकाशित मिति: ३० जेष्ठ २०७८, आईतवार १५:४५

३० जेष्ठ २०७८, आइतबार


माइटी गरुडा च्यारिटेवल ट्रष्टले निषेधाज्ञाका कारण समस्यामा परेका व्यक्तिहरुलाई खाद्यान्न सहयोग गरेको छ ।
आइतबार काठमाडौंको गोकर्णेश्वर ५ जोरपाटीमा ट्रष्टले निषेधाज्ञाका कारण समस्यामा परेका व्यक्तिहरुलाइ चामल, दाल नून लगाएतका खाद्यान्न सामाग्री सहयोग गरेको हो । त्यस्तै संस्थाले नगरपालीकाको जगडोलमा सञ्चालन गरेको आइशोलेशन सेन्टरका लागि दुई थान अक्सिजन कन्सन्ट्रेटर लगाएतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो । कार्यक्रममा गोकर्णेश्वर नगरपालीकाका मेयर सन्तोष चालिसेले समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्नु स्वागतयोग्य कदम रहेको भन्दै यसमा नगरको साथ र सहयोग रहेको धारणा राख्नुभयो ।
त्यस्तै माइटी गरुडा च्यारिटेवल ट्रष्टका संयोजक एवं दलित बिद्यार्थी संघका अध्यक्ष राजु सुनारले निषेधाज्ञाले सर्वसाधारणलाई निकै असर परेको भन्दै समस्या समाधानका लागि सहयोग गरेको बताउनुभयो ।


संस्थाले निषेधाज्ञाका कारण समस्यामा परेका नागरिकका लागि ट्रष्टले हेल्प सेन्टर नै सञ्चालन गरेको जनाएको छ । अप्ठेरोमा परेका नागरिकलाई आवश्यक सहजीकरण गर्ने काम पनि गरिएको ट्रष्टले जानकारी दिएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV