२०७८ मंसिर २१, मङ्लबार

   2021, Dec 7 Tuesday

मन्त्री मण्डल विस्तार गरे लगत्तै विपक्षी गठबन्धन रणनीति निर्माणमा जुट्यो

२८ जेष्ठ २०७८, शुक्रबार १४:१५

जेठ २८ २०७८, शुत्रबार काठमाण्डौं


प्रधानमन्त्री ओलीले आफ्नो मन्त्री मण्डलमा विस्तार गरे लगत्तै विपक्षी गठबन्धनका नेताहरुबीच छलफल भएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ बिहीबार अपराह्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका नेता माधव कुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको छ ।
सर्वोच्च अदालतले सरकारले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न आदेश दिएकै दिन कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले ७ जना मन्त्री र एक जना राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएपछि विपक्षी गठबन्धन छलफलमा बसेका हुन्। उनीहरुले यसअघि भएको मन्त्रिपरिषद् विस्तार र हेरफेरको विरोधमा रहेकाछन् । आजको बैठकले पनि सर्वोच्च अदालतमा संसद विघटनविरुद्ध सुनाइ जारी रहेको समयमा कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गरेकोप्रति विरोधमा जाने बिषयमा निर्णयमा पुग्न छलफलको आयोजना गरिएको बताईएको छ । यसैगरि, गण्डकी प्रदेश लगायतका प्रदेशमा अगाडि बढ्ने रणनीतिमा समेत छलफल भएको थियो । बैठकमा गठबन्धनमा सहभागी दलका शीर्ष तहका र दोस्रो तहका नेताहरू सहभागी थिए ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV