२०८२ जेष्ठ ३०, बिहिबार

   2025, Jun 12 Thursday

मध्यपुर थिमि नगरपालिकाद्धारा मेलम्चि नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग हस्तान्तरण

९ असार २०७८, बुधबार १८:४०

९ असार सिन्धुपाल्चोक

सिन्धुपाल्चोक मेलम्चि नगरपालिका र हेलम्बु गाउँपालिकालाई भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।
मध्यपुर ठिमि नगरपालिकाकी उपमेयर अन्जना देवी मधिकर्मी र नेपाली काँग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री मोहन बस्नेतको टोलिले बुधबार आर्थिक सहयो हस्तान्तरण गरेको हो । मध्यपुर ठिमि नगरपालिकाले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिलाई ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र मेलम्चि नगरपालिकालाई ११ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक उपमेयर मधिकर्मीले हस्तान्तरण गर्नुभयो । उहाले सिन्धुपाल्चोकका बाढी पीडितको घाउमा मलह्म लगाउँन सहयोग गरेको बताउनुभयो ।
नेपाली काँग्रेसका नेता एंवम पूर्व सञ्चारमन्त्री मोहन बस्नेतले आफुहरुले निरन्तर सहयोग गरिरहेको जानकारी दिदै उहाले विरोधीहरुले कहाँबाट पैसा आयो भन्दै विभिन्न बखेडा भिकिरहेको बताउनुभयो । उहाले आफुहरुले पार्दशी ढंगले बाढी प्रभावित जनताको सेवा गरिरहेको बताउनुभयो ।
बस्नेतले बाढीबाट मृत्य भएका दुईजनाका परिवारलाई जनही ५०÷५० हजार रुपैया हस्तान्तरण गर्नुभयो । उहाले बाढी प्रभाविति हेलम्बुका तीन वटा वडाहरुमा १–१ लाखको सहयोग हस्तान्तरण गर्नुभएको थियो । हेलम्बु गाउँपालिका वडा नं ३, वडा नं ४ र वडा नं ७ लाई तार जाली लगाउन सहयोग गरेको बताउनुभयो । उहाले नेपाली काँग्रेस भक्तपुर जिल्लाले गरेको तीन लाख भन्दा बढिको सहयोग समेत हस्तान्तरण गर्नुभएको थियो । विभिन्न ठाउँबाट सहयोग गर्नुहुने सबैलाई हेम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र मेलम्चि नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले धन्यवाद दिनुभयो ।
अहिले बाढीका कारण प्रभावित जनताको जीवन रक्षाका लागि विभिन्न ठाउँबाट सहयोग भइरहेको जनप्रतिनिधिहरुको भनाई छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV