२०७८ साउन २१, बिहिबार

   2021, Aug 5 Thursday

मंगलबार थप ३ हजार १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति: ५ श्रावण २०७८, मंगलवार १९:११

५ साउन २०७८, काठमाण्डौं

नेपालमा मंगलबार थप ३ हजार १ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ८ हजार ८ सय ३६ पिसिआर परिक्षणका क्रममा २ हजार २ सय २ र ४ हजार २ सय ९९ एन्टीजेन परिक्षणका क्रममा ९०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै देशभर कोरोना संक्रमितको संख्या ७ लाख २१ हजार ६ सय १७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोनाका कारण ९ हजार ६ सय ७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ५ सय ९५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ३४ हजार ९२७ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा २६ हजार ४१९ जना आइशोलेशन र ३२६ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३४ लाख ८६ हजार ३५४ वटा पिसिआर र २ लाख ७० हजार ९६१ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV