२०७८ अशोज ७, बिहिबार

   2021, Sep 23 Thursday

भेरोसेल खोपको दोश्रो डोज लगाउन सुरु

२२ असार २०७८, मंगलवार १९:०७

२२ असार २०७८, काठमाण्डौं

कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो डोज लगाएका करीब ५ लाख व्यक्तिलाई मंगलबारबाट दोश्रो डोज लगाउन सुरु गरिएको छ ।
भेरोसेलको पहिलो डोज लगाएका चार हप्ता पुगेका ६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिहरुलाई मंगलबारबाट दोश्रो डोज दिन सुरु गरिएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले गत २५ जेठ यता पहिलो डोज खोप लगाएका करीब ४ लाख ८० हजार र त्यसअघि नै पहिलो डोज लिई दोस्रो डोज लिन छुटेका करीब २० हजार गरी करीब ५ लाखलाई दोस्रो डोज दिन सुरु गरिएको जनाएको छ । दोस्रो डोज खोपका लागि ७७ जिल्लामा ३ हजार ८९७ वटा खोप केन्द्र तोकिएको छ । पहिलो दिन काठमाडौँ उपत्यकाका तीन सहित ४७ वटा जिल्लामा खोप सञ्चालन भएको छ ।
गत १६ जेठमा चीन सरकारको सहयोगमा थप १० लाख डोज भेरोसेल खोप अनुदानमा प्राप्त भएको थियो । सो खोप २५ जेठ देखि पहिलो डोज दिईएको थियो । त्यसको दोस्रो डोज मंगलबारबाट दिन सुरु गरिएको हो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV